राजबिराज, ७ चैत । सप्तरीको सप्तकोसी नगरपालिका-३ स्थित सखबनी नयाँ बस्तीमा छोराले आफ्ने बुबाको हत्या गरेका छन् ।
घरायसी विवादका कारण बुधबार बिहान करिब ८ बजेतिर २२ वर्षीय लालदेब सदाले बन्चरो प्रहार गरी आफ्नो ४५ वर्षीय बुबा हिराई सदाको हत्या गरेकाे हाे ।
बन्चरो प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।
आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारले उनको टाउको र हातमा चोट लागेको छ । अहिले उनको फतेपुरस्थित स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।