२०८३ साल ब‌ैशाख ५ गते शनिवार

रक्तदान कार्यक्रम गरी पत्रकार महासंघ सप्तरीले मनायो स्थापना दिवस

राजबिराज , १६ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले रक्तदान कार्यक्रमकाे आयोजना गरी स्थापना दिवस मनाएको छ ।

शुक्रबार ६९ ओैं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस साेसाइटी रक्त संचार सेवा राजबिराज सप्तरीमा महासंघको आयोजनामा उक्त कार्यक्रमकाे आयोजना गरिएकाे हाे ।

उक्त रक्तदान कार्यक्रममा सप्तरीका पत्रकार तथा नेपाल सशस्त्र प्रहरीबलका कर्मचारीहरुले रक्तदान गरेका थिए ।

त्यसैगरी रक्तदान कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्ने रक्त सञ्चार केन्द्र राजविराज केन्द्रकाे प्रमुख नविन झाले गरेका थिए ।

प्रतिक्रिया