२०८३ साल ब‌ैशाख ७ गते सोमबार

सप्तरीमा छुरा प्रहारबाट दुई युवक घाइते

राजबिराज , २८ फाल्गुन ।सप्तरी सदरमुकाम राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते भएका छन्।

राजबिराज नगरपालिका वडा नम्बर ७ स्थित सिरहा रोडमा बुधबार साँझ ती युवकमाथि छुरा प्रहार भएको हो।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहम्प्रपुर बस्ने २६ वर्षीय सुनिल यादव र २२ वर्षीय सुभाष यादव छुरा प्रहारबाट घाइते भएका हुन्।

घाइतेहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साथीहरू ले नै उनीहरूमाथि छुरा प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ।

केही सङ्ख्यामा युवाहरू बीच वादविवाद हुँदा दुईजनामाथि छुरा प्रहार गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे । उहाँका अनुसार यो घटनामा एकजनालाई पक्राउ गरी अन्य अनुसन्धान भइरहेको बताएका छन् ।


प्रतिक्रिया