राजविराज, २२ फाल्गुन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीकाे बैठकले महत्त्वपूर्ण ४ वटा निर्णय गरेको छ ।
मंगलबार कार्यसमितिकाे लामो बैठकले पहिलो निर्णयमा प्रेस मंच सप्तरीले बुझाएको ज्ञापनपत्रलाई सम्बोधन गर्दै नयाँ सदस्यताका लागि परीक्षाकाे प्रणाली अपनाएकाे छ ।
जसमा परीक्षा मिति २०८० चैत २६ गतेलाई तोकेको छ भने सम्परक मिति यहि फागुन २९ गते अपरान्ह १२:३० देखि ४ बजेसम्मको समय तोकिएको छ ।
त्यस्तै दोस्रो महासंघमा प्राप्त भएको सदस्यता शुद्धीकरण विषयको ज्ञापन सम्बन्धमा वार्ता सम्वाद मार्फत सम्बोधनको प्रयास गर्ने निर्णय गरिएको छ ।
त्यस्तै तेस्रो कानुन विपरीत गलत क्रियाकलापमा संलग्न रहेका सदस्यहरुमाथि विधान बमोजिम कारबाही गरिने निर्णय समेत बैठले गरिएको महासंघ सप्तरी शाखाले जनाएको छ ।
त्यसैगरी चौथौ निर्णयमन पितथैलीको शल्यक्रिया गरेका शाखा उपाध्यक्ष वैधनाथ यादवको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको महासंघ द्वारा जारी विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।