राजबिराज, २३ मंसिर । लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर ५ कुशहा टोल बस्ने २७ बर्षका उमेश प्रसाद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कडोरवाना बाट खटिएको प्रहरी टोलिले सुरुङ्गा न.पा.५ कुशाहा टोल सडकखण्डमा शंका लागि शरिर खानतलासी गर्दा चौधरीले लगाएको जिन्स पेन्टको गोजीबाट ०.३५ एमजी ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिनुभयाे ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।