२०८३ साल जेठ ११ गते सोमबार

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत

राजबिराज, ८ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

शुक्रबार भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको सभामुखले घोषणा गरेका हुन्।

गत वैशाख २१ गते जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिनुपरेको हो।

यसअघि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि आफ्नै दल नेपाली कांग्रेस भित्र असन्तुष्टि देखिएपछि ‘फ्लोर क्रस’ हुने आशंकामा अन्तिम समयमा मतदान प्रक्रिया रोकिएको थियो।

तर आज सम्पन्न मतदानमा मुख्यमन्त्री यादवले सहज रूपमा बहुमत जुटाउँदै विश्वासको मत सुरक्षित गरेका छन्।

प्रतिक्रिया