राजबिराज, २७ मंसिर । मधेस प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ।
आयोगले प्रदेश निजामती सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका नेपाली उमेदवारले पुस २७ गतेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।