राजबिराज, ४ कार्तिक । नेपाल पत्रकार नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा दिपावली, नेपाल सम्वत, छ्ठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
शाखा सप्तरीको अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा एक समारोहका बिच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश आम संचार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पुर्वसभापती एवम पुर्व केन्द्रिय सदस्य शम्भु झा, पुर्व केन्द्रिय सदस्य अवधेश झा, पुर्व सभापति विष्णु कुमार मण्डल, बैधनाथ झा, मुरली प्रसाद यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, गणेशलाल देव, राधेश्याम रमण, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व उपाध्यक्ष सुधा देवले शुभकामना मन्तव्य व्यक्त गरे ।