२०८३ साल जेठ ११ गते सोमबार

जसपा नेपालको केन्द्रीय समन्वय समिति बैठक सुरु

काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टी नेपाल को केन्द्रीय समन्वय समिति बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै सुरु भएको छ।

जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन सुदृढीकरण, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, विभिन्न तहका जिम्मेवार नेता तथा समन्वय समितिका सदस्यहरूको सहभागिता रहेको छ। पार्टीको आन्तरिक संरचना मजबुत बनाउने, संगठन विस्तारलाई प्रभावकारी बनाउने तथा समसामयिक राजनीतिक परिस्थितिबारे धारणा तय गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।

यसैबीच, बैठकबाट पार्टीको आगामी रणनीति, संगठनात्मक सुधार र राजनीतिक कार्यक्रमबारे महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया