राजबिराज, २३ फाल्गुन । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ काे वडा कार्यालय भवनकाे शिलान्यास कार्यक्रम विवादका बिच सम्पन्न सम्पन्न भएको छ ।
शुरुआत देखि नै विवादित रहेको वडा कार्यालय भवन निर्माणकार्यकाे बुधबार वडा अध्यक्ष सिकेन्द्र साहले शिलान्यास गर्नेक्रममा सामान्य झडप भए पनि कार्यक्रम सम्पन्न गरेको छ । झडपमा परि आधि दर्जन स्थानीयवासी घाइते भएको छ ।
घाइते हुनेहरूमा अन्दाजी ६० वर्षकी तारादेवी मुखिया, वर्ष ४० को याेगेन्द्र मण्डल, वर्ष ४१ को डम्बरनारायण मण्डल, वर्ष २१ काे धिरेन्द्र मण्डल र थप दुई जना महिला रहेको छ ।
घाइते सबैकाे राजबिराज स्थिति रहेको छिन्नमस्ता अस्पतालमा उपचार हुँदै छ ।
वडा अध्यक्ष सिकेन्द्र साहका अनुसार शुरुआत देखि नै पायक नपर्ने गाउँका स्थानीयवासीहरुकाे विरोध रहेको थियोे । शिलान्यास कार्यक्रममा सामान्य विवाद भए पनि झडप भने नभएको र काेही घाइते पनि नभएको दावी गरे ।
त्यस्तै सप्तरी प्रहरी प्रवक्ता डिएसपीका अनुसार पनि मानिस घाइते भएको घटनाको बारेमा आफुलाई जानकारी नभएको बताउनु भयो ।
वडा कार्यालय भवनकाे विवाद भने महुवा, माेहनपुर र रम्पुरा टाेलका स्थानीय जनताहरु बीच रहदै आएको स्थानीयहरुले बताएको छ ।