राजविराज, ११ असोज । जसपा निकट जनवर्गीय संगठनद्वारा सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बृहत विरोध प्रदर्शन गर्दै राष्ट्रपति विध्या देवी भण्डारीको पुतला दहन गरेका छ्न ।
संसदबाट पारित नागरकिता ऎन सम्बन्धि विधेयक प्रमाणीकरण नगरेको विरुद्धमा जसपा आवद्ध महिला, युवा विद्यार्थीद्वारा सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला दहन गरेको हो । राजविराज स्थित शिव मन्दिरबाट निकालिएको विरोध जुलुस राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारा लगाउदै राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरे ।
संविधान उल्लंघन गर्ने राष्ट्रपति विध्यादेवी भण्डारी राजीनामा गर, कटपुतली राष्ट्रपति भण्डारी मुर्दावाद, नागरिकता ऎन सम्बन्धि विधेयक प्रमाणीकरण गर, महिला, विद्यार्थी युव लगायतका सम्पुर्ण उत्पीडित समुदाय एक हऔं, विध्या तेरो पाराले दुख पाए सारले लगयतका विभिन्न नारा लगाउदै राष्ट्रपति विरुद्ध उत्रिएका महिला, युवा विद्यार्थीहरुले जनआन्दोलन चौक ( दशन चौक) पुगेर राष्ट्रपति भण्डारीको पुतला दहन गरे ।