राजविराज, २४ भदौ । जिल्ला हुलाक कार्यालय सप्तरीको भवनमा नापी कार्यालय सप्तरी अन्तर्गतका नापी टोली कार्यालय अनुमति बिना एक वर्षदेखि सञ्चालन गरिएको छ ।
साबिक राजविराज नगरपालिका १ तथा हाल वडा नम्बर ६ स्थित २ कठ्ठा १० धुर जग्गा २८ माघ, २०३८ सालमै जिल्ला हुलाक कार्यालय(साबिकका हुलाक केन्द्र अफिस)को नाममा कायम भएको हो । सोही जग्गामा हुलाकको भवन निर्माण भई विगतमा कामकाज हुँदैआएका थिए ।