राजबिराज, ५ फाल्गुन । राससमा समावेशी पत्रकारीताकाे विकास विषयमा राष्ट्रिय समाचार समिति (रासस)सप्तरीले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
साेमबार सप्तरी सदरमुकाम राजबिराज स्थिति नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयाेजित राससकाे ६४ ओैं वाषिर्कोत्सवकाे अवसरमा उक्त विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हाे ।
रासस सप्तरीको प्रमुख शम्भु प्रसाद यादवकाे अध्यक्षता र राजबिराज नगरपालिकाकाे कार्यवाहक मेयर इसरत प्रविनकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समावेशी पत्रकारीताकाे विकासकाे विषयमा केन्द्रित रहेर शुभकामना मन्तव्य दिएका थिए ।
शुभकामनाके क्रममा जिल्ला समंन्वय समितिका उपप्रमुख शम्भु यादव, प्रमुख जिल्ला अधिकारी भाेला दहाल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, आदिवासीजनजाति पत्रकार महासंघ सप्तरी काे अध्यक्ष एंव नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव कृष्ण मण्डल, मैथिली साहित्य परिषद अध्यक्ष अवधेश कुमार झा र जसपा नेपाल जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतले आफ्ना मन्तव्य राखेका थिए ।