२०८३ साल ब‌ैशाख ५ गते शनिवार

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण बिरुद्धकाे दिवस राजबिराजमा मनाइयाे

राजबिराज, २० भाद्र । तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता" भन्ने मुल नाराका साथ, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण बिरुद्धकाे दिवस सप्तरीकाे राजबिराजमा विभिन्न कार्यक्रम गरी मनाइयो ।

बिहिवार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, सप्तरीकाे आयोजनामा १८ औं राष्ट्रिय दिवस २०८१ मनाइएको हाे । 

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातिको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिको सप्तरीको प्रांगणबाट निकालिएको प्रभात फेरि नगर परिक्रमा गरी जिल्ला प्रशासन परिसरमा गएर काेण सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी उपरिक्षक गज्जु सिद्धि बज्राचार्य, नागरिक समाजका अध्यक्ष थान सिंह भन्साली, सञ्चारकर्मी, मानवअधिकारकर्मीहरु, सप्तरी युथ नेपालका प्रतिनिधि, सामुदायिक प्रहरी सेवामञ्च, विद्यार्थी, बुद्धिजीवी, व्यापारी, लगायतको व्यक्तिहरुकाे सहभागीता रहेको थियो । 

प्रतिक्रिया