२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

द्राेस्राे राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगितामा गाईघाट विजयी

राजबिराज , १० कार्तिक । दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता २०८० काे बिजेता गाईघाटले सिल्ड मेडल सहित नगद गाईघाटले हाथ पारेको छ ।

सप्तरीको छिन्नमस्ता गाँउपालिकामा हरेक वर्ष बडा दशैकाे पहिलो दिन देखि लगातार  खेलिने खेलकाे अन्तिम दिन विहिबार खडक vs गाईघाट बिच प्रतिस्पर्धा हुँदा गाईघाट बिजय भएको हाे ।

बिजेता गाईघाटले नगद एक लाख एक हजार र सिल्ड मेडल सहित प्रमाणपत्र प्राप्त गर्दै गर्दा उपबिजेता खडकाले नगद ५१ हजार र सिल्ड मेडल सहित प्रमाणपत्र हाथ परेका छन् ।

लगातार २-२ सेट दुबै टिमले जिते पछि खेल राेमान्चक बनेकाे थियो र अन्तिम पाचो सेटमा गाईघाट युबा क्लब टिमले विजय प्राप्त गरेको थियो । 

पुरस्कार वितरण गर्दै प्रमुख अतिथि छिन्नमस्ता गापा अध्यक्ष विद्यन्नद चाैधरीले  खेलकुद स्वास्थ्य संगै समाजलाई एक्ताबद्ध गर्ने भर्पर्दाे माध्यम भएको यसले सकारात्मक सन्देश जानेकुरा बताउनु भयो ।

छिन्नमस्ता गाँउपालिकाकाे आयाेजनामा सम्पन्न द्राेस्राे राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगितामा कुल ११ टिमले सहभागीता जनाएको थियो भने बिजय समाहराेका अध्यक्षता गापा उपाध्यक्ष राजु देवी यादवले गरेकी थिईन् ।



प्रतिक्रिया