२०८३ साल साउन १२ गते मङ्गलबार

छिन्नमस्ता -२ काे वडा कार्यालय भवन निर्माणमा मनपरी, स्थानीयको विरोध

राजबिराज, २२ फागुन । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवन निर्माणमा वडा अध्यक्षले मनपरी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

वडा कार्यालय निर्माण गर्दा स्थानीयवासीको मागलाई वेवास्था गर्दै मनोमानी ढंगबाट अनुपयुक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन ।

जनताको चाहना विपरित वडा नं. २ मा पर्ने मोहनपुर, मौहुवा र रम्पुराको बिचमा पर्ने गरी वडा कार्यालय भवन बनाउनुपर्नेमा ३ किलोमिटरको दुरीमा पर्ने मोहनपुर र रम्पुरालाई सम्बोधन नै नगरी भवन निर्माण गर्न लागेको भनि विरोध जनाएका हुन । महुवा गाउँ मात्र सम्बोधन हुने गरी बनाउन लागेको वडा कार्यालय भवन निमार्ण नगर्न यसअघि पौष १२ गते दर्ता नं. ६६१ को निवेदन समेत दर्ता गरी रोक्न भनेकोमा सो नगरी जवरजस्ती निर्माण गर्न लागेको भनि दुई गाउँका वासिन्दाले विरोध जनाएका हुन ।

वडा कार्यालयले फाल्गुन २३ गते गर्न लागेको सिलान्यास रोक्न आज ज्ञापन सहित स्थानियले रोक्न अनुरोध गरेको संघर्ष समितिका संयोजक श्रवण कुमार मण्डलले जानकारी दिए । हामीले वडा कार्यालय र छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा ज्ञापन बुझाएका छौं, हाम्रो माग सम्बोधन भएन भने हामी आन्दोलन गरी शिलान्यास कार्यक्रम समेत रोक्ने स्थानियको भनाई छ ।

प्रतिक्रिया