२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सप्तरी सदैव मेरो मुटुमा बस्छ : राष्ट्रपति पाैडेल, फाेटाे फिचर सहित

कृष्ण मण्डल 

राजबिराज , २७ चैत । राष्ट्रपति रामचन्द्र पाैडेलले सप्तरीको विकासका लागि आफू यहाँका जनताको साथमा रहेको बताउनुभएकाे छ ।

छिन्नमस्ता मन्दिरमा पूजापाठ गरेपछि आयाेजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेलले यस्तो कुरा बताउदै सप्तरी सदैव मेरो मुटुमा रहने बताउनुभयो ।

तेस्रोपटक छिन्नमस्ता मन्दिर आउनुभएको राष्ट्रपतिले सप्तरी  ऐतिहासिक जिल्ला भएपनि विकासमा पछि परेको बताउनुभयाे ।

सप्तरी कृषिकाे क्रान्ति हुने ठाउँ सुख्खा रहने गरेको बताउँदै उनलेे कोशी र कमला डाइभर्शन छिटोभन्दा छिटो सन्चालन गर्न सरकारकाई घच्घच्याउने समेत बताए ।

छिन्नमस्ता देवीलाई साक्षात भगवती रहेको समेत बताए ।

छिन्नमस्ता मन्दिरका पिठाधिष माहाकान्त ठाकुर र मुल पुजारी भुवन ठाकुरले राष्ट्रपतिलाई पुजा गराउनुभएकाे थियोे । साथै सुरक्षा व्यवस्था कडाइ गरिएको थियो ।

प्रतिक्रिया