२०८३ साल ब‌ैशाख ५ गते शनिवार

कांग्रेसको विरोधबीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।


जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

आइतबारको बैठकमा कांग्रेस सांसदहरूको नाराबाजी चलिरहँदा सभामुख देवराज घिमिरेले उक्त नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते मंगलबार ४ बजेलाई बोलाइएको छ। मंगलबार १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष ०८१/८२ को बजेट पेस गरेपछि प्रतिनिधिसभा बैठक बस्नेछ।

प्रतिक्रिया