२०८३ साल ब‌ैशाख ५ गते शनिवार

बेपत्ता दिदीबहिनी रिंकी पिंकी बृन्दावनमा भेटिए

राजबिराज, १ जेठ । राजविराजबाट ११ दिनअघि वेपत्ता भएकी दिदीबहिनी मंगलबार भारतको बृन्दावनमा भेटाएकी छिन् ।

भारतको बिहार राज्य अन्तरगत दरभंगा जिल्ला जालेग्राम पंचायत निवासी १८ वर्षिया रिंकी यादव र १९ वर्षिया पिंकी यादव गत बैशाख २१ गते राजविराज ७ खरसाल टोलबाट सम्पर्कबिहीन भएकी थिइन् ।

दिदीबहिनी रिंकी र पिंकी मामा अशोक यादवको छोराको बिवाह कार्यक्रममा सहभागि हुन आएको बेला बैशाख २१ गतेदेखी सम्पर्कबिहीन भएकी थिइन् 

विवाह कार्यक्रममा आएकी दिदीबहिनीको बैशाख २० गते आमा देवकी देवीसँग विवाद भएको थियो । सोही कारणले कसैलाई कुनै जानकारी नदिई भान्जीहरु बैशाख २१ गते घरबाट निस्केको मामा अशोकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जानकारी दिएका थिए ।

 सम्पर्कबिहीन भएको दिनदेखी नै दिदीबहिनीले बोकेको मोबाइलको पनि स्विच अफ भएपछि परिवारजनले दिएको हुलिया विवरणसहित प्रहरीले खोजिकार्य गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले खोजिकार्य जारि राखेको बेला उनीहरु भारतको बृन्दावन शहरमा भेटिएको परिवारजन मार्फत बुझिन आएको जानकारी दिए । 

मामा अशोकका अनुसार भान्जीहरु रिंकी र पिंकीले बोकेको मोवाइल चालु भएपछि उनीहरु सम्पर्कमा आएको र सोही आधारमा बृन्दावनको एक धर्मशालाबाट सकुशल अवस्थामा फेला परेको बताए । 

प्रतिक्रिया