२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

धानुक मण्डल उत्थान समितिले गरे जेष्ठनागरिक र विद्यार्थीलाई सम्मान

राजबिराज, ११ कार्तिक । धानुक मण्डल उत्थान समितिले ६ जना जेष्ठ नागरिकलाई र ६ जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ ।

शनिबार सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मझाउमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा जगदर प्रागना अन्तर्गत २२ गाउँ मध्येबाट इनरुवा बस्ने ९३ वर्षीय गुजिया देवी मण्डल, ८७ वर्षीय गर्भी मण्डल, राजगढ गापा ५ मलेकपुर बस्ने ८० वर्षीय विन्दा देवी मण्डल, ७७ वर्षीय खैजनी देवी, ८२ वर्षीय सत्यदेव मण्डल  सहितलाई दाेसाला, फुलकाे माला र अबिर लगाई आयाेजकले सम्मन गरेको हाे ।

त्यसैगरी स्वजातीय मण्डल भित्र पर्ने एसइइ तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका छिन्नमस्ता ६ खुदिबखारी बस्ने कृष्ण कुमार  मण्डल, बिष्णुपुर गापा ५ मझाउ अमिशा कुमारी मण्डल, पुजा कुमारी मण्डल, विबेक कुमार मण्डल, बादल कुमार मण्डल, मलेकपुर बस्ने कल्पना कुमारी मण्डल र अनडिपट्टी बस्ने निहाल मण्डललाई एक/एक थान ग्रामर, डायरी, डटपेन, जुमेट्री बकस र प्रमाणपत्र सहित फुलेको माला र अबिर लगाई उनीहरूकाे उज्ज्वल भबिस्यकाे कामना गर्दै सम्मन गरेको हाे ।

प्रतिक्रिया