राजविराज–छिन्नमस्ता सडक खण्डको निर्माण गर्ने ठेक्का पाएको साह कंस्ट्रक्शन कम्पनीले जथाभावी तरिकाले बाटो खनेर तथा ग्राभेल थुपारेपछि हिंडडुल गर्न समेत समस्या भइरहेको भन्दै स्थानीयले प्रदर्शन समेत गरेका छन ।
छिन्नमस्ताका स्थानीय विद्यालयका बालबालिका र अगुवाहरुले ‘हिंड्ने बाटो सुगम होस्, हाम्रो अधिकार सुरक्षित गर’ जस्ता नारा लगाउँदै शुक्रबार छिन्नमस्ता गाउँपालिकामा प्रदर्शन गरेका हुन् ।
सडक निर्माणको ठेक्का पाएको साह कंस्ट्रक्शनले लापर्वाहीपूर्ण तरिकाले काम गरेपछि आन्दोलित बन्नुपरेको स्थानीय अगुवा जयप्रकाश यादवले बताए । उनले बाटो खनेर राखिदिँदा अनि ग्राभेल पनि जथाभावी तरिकाले सडकमै राखिदिँदा पैदल हिंडन समेत समस्या भइरहेको बताए ।
दुई दिनअघिको पानीका कारण सबारी चलाउन समेत समस्या भएको र कतिपय मोटरसाइकल चिप्लेर दुर्घटना नै भएको उनले सुनाए । ‘अहिले हिंडन सक्ने अवस्था नै छैन्’ उनले भने, ‘सम्बन्धित निकायलाई भन्दा पनि कसैले चासो लिएको छैन् ।’