२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

छिन्नमस्ता गापालाई करारकाे कर्मचारी निल्नु न ओक्लनु

०१ श्रावण, राजबिराज । नेपालके चर्चित सप्तरी स्थित रहेको छिन्नमस्ता गाउँपालिकालाई अहिले  करारको कर्मचारी निल्नु न ओक्लनु भएको छ ।

पालिका गठन भए देखि आवश्यकताकाे अधारमा विभिन्न क्षेत्रमा ४२ जना करारका कर्मचारी भर्ना गरिएको थियोे । लगभग ती सबै करार कर्मचारीहरुकाे समय अवधि हिजै अर्थात २०७९ असार ३२ गते ने सकिएको छ ।

 गत बैशाख ३० गतेको स्थानीय तहकाे निर्वाचनबाट छिन्नमस्तामा निर्वाचित दलहरुकाे बहुमत नहुदा करार कर्मचारीकाे विषयमा मात्रै नभई अरु विषयमा पनि निर्णय लिन/गर्ने कठिन भएको हुँदा अहिले करारका कर्मचारी निल्नु न ओक्लनु भएको छ ।

हुन त करार अवधिकाे समय सिमा सकिए पछि स्वत: रद्द हुने कानुनी प्रावधान रहेको भए पनि छिन्नमस्ताकाे हकमा लागू नभएको थुप्रै उदाहरणहरु छन् ।

याे विषयमा गापा अध्यक्ष विद्यान्नद चाैधरी संग बारम्बार फाेन सम्पर्क गर्दा उहाँको फाेन उठेन ।


प्रतिक्रिया