कैले प्रचलित उपचार पद्धति आम्चीको बारेमा त कैले राउटेले बोल्ने भाषा खाम्जी कि खाम्चीको बारेमा सोधेर लडाएपनि फेरी उठेर तिमीतिरै हेर्दै हास्न मन लाउँछ लोकसेवा अलिकती पनि रिस उठ्दैन किनकी तिमीसँग अनौठो प्रेम बसेको छ लोकसेवा ।
स्टाफ कलेजको अगाडि उभिएर दाई दिदिहरुले मुसुक्क मुस्कुराएर हालेको फोटो देख्दा अब फोटो हाल्ने पालो मेरै हो झैँ लाएर आउँछ , अनि लोकसेवाको परीक्षामा सहभागी भएर परीक्षामा सोधेको प्रश्न देख्दा ९० मिनेटमा प्रश्न मात्रै पनि सरसर्ती पढेर नभ्याइयला जस्तो उकुस मुकुस ।
लोकसेवाको प्रश्न सोधाइ ओहो ! सामान्य ज्ञान पहिलो चोटि सुने जस्तो, आइ क्यु को त कुरै छाडम्बिपी राजमार्ग भन्दा बढ्ता घुमायसी कस्को के नै लाउँछ र ?
अनि औरेजी त कुरै नगरम आफ्नो नाम र थर बाहेक अर्थोक औरेजिमा लेख्न न आउने म जस्तालाई त भुतुक्कै पार्ने मनमा अनयासै हतासपनले ढाकिहाल्ने ।
चानचुने थिएन त्यो ९० मिनेटको बसाइ । म त्यो ९० मिनेटमा चिकित्सक, वैज्ञानिक, आयुर्बेदक, ज्योतिष, पन्डित, धामी झाँक्री केके बनिन होला सोचेर साध्य छैन ।
सार्वजानिक प्रशासन हाँक्न त गाह्रो रैछ गाँठेएउटा मान्छे केके बन्ने होला, सम्झिँदा नि सम्झी साध्य छैनचालिस कटेसी रमाउला भन्ने गीत पनि अब त मेरै लागि बनाझैँ लाउन थाल्यो, किनकी ४० वटा गोलो लाउन फलामको चिउरा चपाएझैँ भयो ।
स्टाफ कलेजको बसाइ अनि त्यो निलो पाइन्ट र सेतो सट भाग्यमा नभएर होकी, लोकसेवा आजकल निकै कठिन लाउन थालेको छ पटक पटक लडेपनी तिमीसँग नरिसाइ हातले नसके घुँडाले टेकेर घिस्रिदैँ उठेर तिमी तिरै हेर्दै हास्न मन लाउँछ, किनकी तिमीसँग अनौठो प्रेम बसेको छ लोकसेवा ।
- युवराज ज्ञानेन्द्र काफ्ले