२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

चिम्टीका अग्नी पिडितलाई दुई छाक खाना सहयोग

परिष कर्ण

राजबिराज, २१ बैशाख । सप्तरीकाे महदेवा गाउँपालिका वडा नम्बर १ चिम्टीका आगलागी पिडितहरुलाई दुई छाँक खाना खुवाउन कर परामर्श सेवा केन्द्र राजबिराज ३ नामका संस्थाले सहयोग गरेको छ।

परामर्श सेवा केन्द्र ले आगलागी पिडितहरुकाे दुई छाँक खानामा लाग्ने चामल सय किलो , दाल २५ किलो , खानेतेल ५ लिटर , विभिन्न तरकारीहरु ५५ किलो , तरकारीमा लाग्ने मसाला , तरभुजा ५० किलो , दही ४० किलो र पानी २० कार्टुन हस्तान्तरण गरेका छन् ।

महादेवा गाउँपालिका वडा नम्बर १ चिम्टीमा गत मंगलबार दिउँसो आगलागी हुँदा ४६ परिवारको घर, ११ वटा गोठ र ९ वटा भान्सा कोठा जलेर खरानी भएको थियो । बुधबार देखि सप्तरी युथ नेपाल ले "दैनिक भाेजन सेवा कार्यक्रम " संचालन गरेको छ। 

खुला आकाश मुनि भाेकाे पेट रहेका आगलागी पिडित लाई दुई छाँक खाना खुवाउन कर परामर्श सेवा केन्द्र राजबिराज ३ परिवार ले राहत स्वरुप खाद्यान्न र पानी सप्तरी युथ नेपाल लाई हस्तान्तरण गरेको हाे।

प्रतिक्रिया