२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

महासंघको विरोध पछि पत्रकार कुट्ने असईलाई निलम्बन गर्न गरियो सिफारिस

राजविराज, १५ श्रावण ।  नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि हातपात गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महताेलाई निलम्बनकाे सिफारिस गरिएको छ ।

समाचार संकलनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले दुब्र्यवहार गर्दै कुटपिट गरेका थिए ।

महताेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालयले मधेश प्रहरी कार्यालयलाई सिफारिस गरेको छ ।

सप्तरी प्रहरीका प्रबक्ता नरेश कुमार सिंहले महताेलाई निलम्बन गर्न सिफारिस गरिसकिएको बताए ।

नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गरेको छ ।

महासंघको विज्ञप्ति :-

नेपाल पत्रकार महासंघ, सप्तरी

प्रेस विज्ञप्ती

आदरनीय पत्रकारगण

मिति २०८० साल साउन १५ गते सोमवारका दिन नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार श्री मनोहरकुमार पोखरेलज्यूमाथि राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा कुटपिट–दुब्र्यवहार जस्तो दुःखद् घटना भएको जानकारी गराउन चाहन्छु ।

समाचार संकलनमा जिल्ला प्रहरी कार्यालय पुग्नु भएका पत्रकार पोखरेलमाथि त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक(असई) राजेश्वर महतोले दुब्र्यवहार गर्दै कुटपिट गरेको हो । जिल्ला प्रहरीस्थित मुद्दामा शाखामा जर्बजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न  नमानेको भनि पीडित पक्षको गुनासोको आधारमा सोही विषयमा जानकारी लिन खोज्दा पत्रकार पोखरेलमाथि असई महतोले दुब्र्यवहार गर्दै कुटपिट गरेको हो । कुटपिटबाट घाईते भएका पत्रकार पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना पत्रकार महासंघ गर्दछ ।

घटनाबारे जानकारी पाएर नेपाल पत्रकार महासंघका एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका छन् । घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । टोली नेतृत्वकर्ता सचिव आरएन विश्वासले तीन दिनभित्र पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असईमाथि कारबाही नगरिए महासंघ संघर्षमा उत्रिने चेतावनी दिएको जानकारी गराउन चाहन्छु । 

नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै एक जना असईबाट कुटपिट हुनु भनेको प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर पत्रकार महासंघको छ । पछिल्लो केही दिनदेखि सप्तरीका प्रहरी–प्रशासनको तर्फबाट यसरी नै प्रेसविरुद्धको क्रियाकलाप हुँदैगएको छ । यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न गृहमन्त्रालयसमेतको ध्यानाकर्षण गराउन चाहन्छु । 

...........................रामनारायण विश्वास(आरएन)

सचिव नेपाल पत्रकार महासंघ, सप्तरी शाखा मिति : २०८०–४–१५ गते ।

प्रतिक्रिया