२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

गौहत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग राखी विश्व हिन्दू परिषद् सप्तरीले बुझायो ज्ञापन–पत्र

राजविराज, २६ मंसिर । पशु चौपाया व्यवस्थापनको नाममा दिन प्रतिदिन गौहत्या भएको भन्दै हिन्दूवादी संगठन आन्दोलित भएका छन् ।

साेमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शनसहित गौहत्यामा संलग्नमाथि कडा कारवाहीकाे माग गर्दै विश्व हिन्दू परिषद् सप्तरीको अगुवाईमा गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापन–पत्र बुझाइएकाे हाे ।

परिषद्का उपाध्यक्ष दिलिप दासको अगुवाईमा गरिएको प्रदर्शन पश्चात् सप्तरी सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत गृहमन्त्री खाँडलाई ज्ञापन–पत्र पठाइएको छ । 

गत सोमबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै आधा दर्जन जति गाईलाई मार्न लगाएर गाडेको ज्ञापन–पत्रमा उल्लेख छ । कानुनले गौहत्यालाई निषेध गर्दा गर्दै स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाले नै गौ हत्या गर्नु आपत्तिजनक रहेको र यसको घोर निन्दा गरिएको छ । साथै गौहत्यामा संलग्नमाथि कारवाही नभए आन्दोलन चर्काउने समेत ज्ञापन–पत्रमार्फत चेतावनी दिइएको छ ।


प्रतिक्रिया