२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

तिलाठीका पुर्व अध्यक्ष सिंहसहित हजारौं जना जनमतमा प्रवेश

राजविराज, ९ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ स्थित जिरिया हाटमा बिहीबार जनमत पार्टीले आयोजना गरेको आम सभामा सो गाउँपालिकाका पुर्व अध्यक्ष सतिश कुमार सिंह लोसपा परित्याग गरि सोही पार्टीमा प्रवेश गरेका छन् ।

    उनीसँगै विभिन्न पार्टी परित्याग गरी हजारौं व्यक्ति जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सचिव थानेश्वर साहले जानकारी दिएका छन् । 

    जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले उनीहरुलाई फुल माला अविर लगाई पार्टीमा स्वागत गरेका छन् । जनमत पार्टी जनाधार बढ्दै गएको दावी गर्दै अलमलमा रहेका अन्य दलका नेता तथा कार्यकर्तालाई जनमत पार्टीमा आउन आह्वान समेत गरे ।

    निवर्तमान गाउँपालिका अध्यक्ष सिंहलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीले सप्तरीको क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने लगभग निश्चित भएको जनमत पार्टी श्रोतले जनाएको छ । 

प्रतिक्रिया