राजबिराज, १६ मंसिर । पुर्व पश्चिम राजमार्ग अन्तरगतकाे सप्तरीको सुरुङगा-४ स्थित कुशहा र कदमाहाकाे बिचमा आज बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको म.प्र.०१-००१ ख ०३६७ ट्रकले मो.सा.लाई ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु भएको छ ।
मृत्युु हुनेमा जिल्लाकाे सुरुङगा नगरपालिका ५ बस्ने ३५ वर्षीय माेह्मद हारुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रवक्ता डिएसपी ढुन्डीराज न्युपानेले जानकारी दिनुभयो ।
ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिईसकेकाे डिएसपी न्युपाने बताउनुभयो ।