२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरीको ताेपामा आगलागी

राजविराज, १० मंसिर । तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ तोपामा शनिबार राति आगलागी भएको छ ।

 तोपा चौकदेखि दक्षिण नहरस्थित अशोक मण्डलको गुहाली घरमा आगलागी हुँदा करिब ५० हजार बराबरको क्षति भएको छ ।

गुहालीमा रहेको एउटा गाई समेत आगोले पोलेर घाइते भएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो । आगो लागेको खबर पाएपछि गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष सत्यनारायण यादवसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।


प्रतिक्रिया