राजविराज, ३ असाेज । मधेसका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह र सभामुख रामचन्द्र मण्डलसहितको उच्चस्तरीय टोलीले शुक्रबार जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त सरकारी कार्यालयहरूको अवलोकन तथा निरीक्षण गरेका छन् ।
टोलिले प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, विभिन्न मन्त्रालयका कार्यालय र अन्य सरकारी संरचनाहरूको अवलोकन गर्दै भौतिक क्षतिको विवरण संकलन गरेको छ ।
अवलोकनका क्रममा उच्चपदस्थ अधिकारीहरूले आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमा गरिएको नोक्सानीप्रति दुःख प्रकट गर्दै पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।