राजबिराज, २४ असाेज । नेकपा माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीमा सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने लबिङ गरे पनि उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसको भागमा परेको थियो ।
उनलाई प्रदेशसभामा उम्मेदवार बन्न भनिए पनि पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेवार बनेका हुन् ।
‘वर्षौंदेखिको लगानीलाई धरासायी बनाउने कार्यभयो,’ मण्डलले भने,‘अपमान सहेर बस्नुभन्दा पार्टीको सबै जिम्मेवारी परित्याग गरी स्वतन्त्र उम्मेदवार भएको हुँ ।’