२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

माेटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु

राजविराज, २३ कात्तिक । हुलाकी सडक खण्ड अन्तरगत सप्तरीको पथरगाढामा मोटरसाइकल दुर्घटनामा परि एक यूवकको मृत्यु भएको छ  ।

    मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं. ९ बस्ने २३ बर्षिय दयानन्द साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक नरेश सिहले जानकारी दिनुभयाे ।

    प्रदेश २–०१–००१प७४२६ नम्बरको मोटरसाइलक पथरगाढा नजिक कसाहा खोलामा साइकल यात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । 

    दुर्घटनमा परेर घाइते भएका मोटरसाइकल चालक साहको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया