२०८२ साल ब‌ैशाख १७ गते बुधबार

छिन्नामस्ता गाउँपालिकाका अध्यक्ष चौधरी र उपाध्यक्ष यादवले गरे पदभार ग्रहण

सखडा, सप्तरी, १२ जेठ । 

सप्तरीको छिन्नामस्ता गाउँपालिका का अध्यक्ष विधानन्द चौधरी र उपाध्यक्ष राजुदेवी यादवले पदभार ग्रहण गर्नु भएको छ ।

 गाउँपालिकाद्वारा विहिबार आयोजित एक समारोहका विच उनिहरुले सपथ तथा पदभार ग्रहण गर्नु भएको हाे ।

 नवनिर्मित गाउँपालिकाका अध्यक्ष चौधरीको अध्यक्षता तथा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ कि एकल महिला ४३ बर्षिय राजोदेवी मरिक डोमको प्रमुख आतिथ्यमा नवनिर्वाचित जनप्रतिनिधिको सपथ तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको थियोे । 

पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । म नेता बनेर होईन सेवक बनेर काम गर्न आएको छु, उनले भने, जनताको नोकर भएर गाउँपालिकामा काम गर्न प्रतिबद्ध भएर लाग्नेछु । चौधरीले  भुलबस आफू गलतबाटो हिडेको बेला औलाएर सचेत गराईदिन आग्रह समेत गरे ।  

 म सधै गाउँपालिका र जनताको भोलो सोचेर काम गर्ने प्रतीज्ञा गर्छु, अध्यक्ष चौधरीले भने, म गलतबाटो हिडेको बेला सचेत गराईदिन अनुरोध गर्दछु । सबै अग्रजहरुको साथ सल्लाहबाट अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

 चौधरीले छिन्नामस्ता गाउँपालिकाका सबै सामुदायिक विधालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने घोषणा समेत गरे । सरकारी विधालयमा गुणस्तरीय शिक्षा पाउन नसक्ने भनी जनविश्वास टुटेको चर्चा गर्दै अध्यक्ष चौधरीले अभिभावकको चाहाना र विधार्थीहरुको अंग्रेजी माध्यममा आकर्षण बमोजिम सामुदायिक विधालयहरुमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिने बताए । चौधरीले  आफ्नो कार्यकालमा सबैजातीको भाषा,धर्म संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो  । गाउँपालिकामा बसोबास गर्ने सबैजाती समुदायको उत्थानका लागि आफ्नो नीति कार्यक्रम अगाडि बढ्नेछ, उनले भने, सबै जाती, धर्म संस्कृतिको सम्मान गर्दै भेदभाव रहित समाज निर्माणका लागि सधै अग्रसर रहनेछु । कार्यक्रममा अध्यक्ष चौधरीले उपाध्यक्ष राजुदेवी यादव, वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गाराएका थिए ।

 गाउँपालिकाका अधिकृत महेश शर्माद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले गरे । 

कार्यक्रममा महादेवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुनिल कुमार मण्डल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्ले, जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, लोसपा सप्तरीका अध्यक्ष सुनिल झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देव लगायतका विभिन्न पार्टीका केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया