२०८३ साल जेठ २७ गते बुधबार

छिन्नमस्ता गापाकाे टेक्टर अध्यक्ष चाैधरीकाे निजी व्यपार व्यवसायमा

कृष्ण मण्डल 

राजबिराज, १० चैत । सप्तरीको छिन्नमस्ता गाँपालिकाकाे टेक्टर पालिका अध्यक्ष विद्यान्नद चाैधरीले आफ्नाे दाई शंकर चाैधरी (मंगलु चाैधरी) काे व्यपार व्यवसायमा लगाउदै आएको पाइएकाे छ ।

शुक्रबारमात्रै पनि पालिकाकाे राताे रंगकाे टेक्टरमा इट्टा र ढलान गर्ने प्रयाेग गरिने केही काठका सामग्रीहरु अध्यक्षकै घरको कम्पाउण्डामा लाेड गर्दै गर्दाकाे अवस्थामा भेटिएको हाे ।

पालिकाकाे वडानम्वर २ स्थित महुवा र न्याैर जाने बाटाेमा ठेक्काकाे काम भई रहेकाे स्थानमा उक्त सामग्री पठाउने लागिएकाे एक स्थानीयले जानकारी दिएका हुन ।

यस सम्बन्धमा पालिका अध्यक्ष विद्यान्नद चाैधरी संग सम्पर्क गर्ने खाेजदाँ फाेन उठेन । त्यस्तै पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत केशब कुमार झा संग पटक पटक सम्पर्क गर्दा फाेन उठाए पनि यस विषयमा बाेलन चाहेनन् ।

प्रतिक्रिया