काठमाडौ, २० असाेज । अमेरिकाबाट कतारकाे दाेहालाई ट्रान्जिट बनाएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार सन्दिप लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे ।
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने परीक्षणका लागि अस्पताल लगिएको छ ।