राजबिराज, ४ मंसिर । जिल्ला निर्वाचन कार्यालय सप्तरीको अनुसार सप्तरी जिल्लामा ६२ प्रतिशत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जाेसीका अनुसार छिटफुट घटना बाहेक सप्तरीमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको हाे ।
प्रतिनिधिसभा तर्फ ४ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ रहेको छ । जसमध्ये समग्रमा ६२ प्रतिशत मत खसेको जाेसीले जानकारी दिनु भयो ।
त्यसैगरी जिल्ला भरिका मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन भईरहेकाे भए पनि मतगणना हुने समय तालिका निकालन अझै केही समय लागने जाेसीले जानकारी दिनु भयो ।