राजबिराज, ९ कार्तिक । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं ५ बनरझुलाका योगी मुखियाको घरमा कात्तिक ८ गते आगलागी भएको छ। अग्नि पीडित परिवारलाई गाउँपालिकाबाट आज राहत सामग्री वितरण गरियो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मंडल, वडा अध्यक्ष ललन राउत, गाउँपालिकाको सामाजिक विकास शाखाका किशोर कुमार झा लगायतको सहभागिता रहेको थियो।
सो अवसरमा गाउँपालिकाबाट त्रिपाल, भुजा, च्यूरा, नुन, भुजिया, बाल्टिन, मग, साडी, धोती, लुंगी, कम्बल, झुल, बेडसिट लगायतका सामाग्री वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो।