२०८३ साल ब‌ैशाख ५ गते शनिवार

छिन्नमस्ता मन्दिरमा भाेली राष्ट्रपतिकाे पुजापाठ, तयारी पुरा

कृष्ण मण्डल

सखडा, सप्तरी, २६ चैत । सम्मानित राष्ट्रपति रामचन्द्र पाेडैल ज्यु भाेली बिहान सप्तरीको प्रसिद्धि शक्तिपिठ छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम ताय भएको छ ।

पुर्व  निर्धारित कार्यक्रम अनुसार भाेली मंगलबार  बिहान ८ बजे हेलिकप्टरबाट सिधा मन्दिरकाे पार्किङगमा अवतरण गर्नुहुनेछ ।

त्यस पछि ८:३० बजे पुजापाठ गर्नुहुने कार्यक्रम रहेको स्थानीय पालिका प्रमुख विद्यान्नद चाैधरीले जानकारी दिनुभयो । 

उहाँको स्वागतमा मन्दिर समिति र स्थानीय छिन्नमस्ता गाउँपालिकाले लगभग सम्पुर्ण तयारी पुरा गरिसकेको चाैधरिले बताए । राष्ट्रपतिकाे आगमनले सुरक्षा घेरा कडाइ गरिएको छ । 

प्रतिक्रिया