२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

कानूनको पालना गराउन माननीय देखि वडा अध्यक्ष सम्म सडकमा

कल्याणपुर, २० माघ । सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग भएको भन्दै कानूनको पालना गराउन माननीय देखि वडा अध्यक्ष सम्म सडकमा उत्रेको छ । 

नरबहादुर स्मृति प्रतिष्ठान शाखा सप्तरीलले सप्तरीमा सरकारी गाडीको दुरुपयोग भई रहेको भन्दै पूर्व पश्चिम राजमार्गको कल्याणपुरमा सरकारी नम्बर प्लेटको गाडि रोकी चेक गरी बिना पासको गाडीलाई नेपालको कानून अनुसार सकभर नचलाउन आग्रह गरेको छ ।

सरकारी विदाको दिन सरकारी सम्पतिको दुरुपयोग भै रहेको भन्दै नरबहादुर स्मृति प्रतिष्ठान शाखा सचिव समेत रहनु भएको प्रदेश सभा सदस्य माननीय माला कुमारी कर्ण, खडक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कमालउद्दिन मियाँ, वडा सदस्यहरु तुला चौधरी, काजल पासमान, संस्थाका सदस्य युवा नेता देवनारायण प्रमाणी, सदस्य निभा कुमारी चौधरी, कृतिक कुमार कर्ण (रौनक) लगायतका सहभागिता रहेको थियो । विरोध स्वरुप तिन घण्टा सम्म आजलाई रोकको र पछि सप्तरीको विकास र समृद्धिको लागि अझै अर्को कार्यक्रमहरु संचालन गर्ने सांसद कर्णले वताउनुभयो । 

नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेपछि नेपालको संविधान कार्यान्वयन, कानूनको पालना र सुशासन कायम गर्नको निम्ती प्रतिष्ठानले नेपाल सरकारको विदाको दिन सरकारी गाडीलाई रोकी सरकारी काम बाहेक नचलाउन आग्रह गरेको प्रतिष्ठानका सप्तरी अध्यक्ष ध्रुब कुमार मण्डलले जानकारी दिनुभयो । 

सरकारी सम्पति सरकारी कामको लागि मात्र उपयोग हुनुपर्ने हो, यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । सरकारी सवारी साधन लिएर बिदाको दिन डुल्न जाने, सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेको पाइइपछि हामीले माघ ४ गते सप्तरीको प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन बुझाएका थियौं, कानूनको कार्यान्वयन गर्नु गराउनु हाम्रो पनि दायित्व हो त्यसैले हामीले यस्तो कदम चालेको अध्यक्ष मण्डलको भनाई छ ।

प्रतिक्रिया