२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरीकाे याेगिनियांमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

राजबिराज, १२ असाेज । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका  वडा नम्बर-०५ योगिनियां स्थित भगवती मन्दिर नजिकै रहेको राम बस्तीमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ ।

बिहीबार राति करीब ०१:५० बजे स्थानिय रोहित रामको घरमा  आगलागि हुँदा ४ वटा जस्ताले बनाएको घर , २ थान गाई, खाद्यान्न सामग्री, लताकड़ा, भाडाकुडा, फर्निचरकाे सामानहरु लगायत २ थान साइकल सहि समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शत्रुधन राउतले जानकारी दिए ।

गाईकाे गाेठमा लामखुट्टे धपाउन बालेको घुर बाट आचानक आगाे सल्केर आगलागी भएको जसबाट कुल ७ लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको सई राउतले जानकारी दिए ।

उक्त आगलागी स्थानीयवासी, हनुमानगर कंकालिनी नगरपालिकाकाे दमकल र ईप्रका हनुमाननगरका प्रहरी टाेलीकाे संयुक्त प्रयासमा आगाे निभाउन सफल भएको सई राउतले जानकारी गराए ।

प्रतिक्रिया