२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

शासक बर्गहरु नेपालीलाई नागरिकता समेत दिन चाहादैन: अध्यक्ष यादव

राजविराज, १७ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो देशका शासकबर्गले नेपाली नागरिकलाई नागरिकता सम्म दिन नचाहेको बताएका छ्न ।

 जसपा महादेवा गाउँपालिकाद्वारा सप्तरीको बतनाहामा शुक्रबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले एमालेले देशमा नागरिकता विहिन नेपालीलाई नागरिकताबाट बन्चित गर्न विभिन्न षड्यन्त्र गरिरहेको बताए ।   एमाले नेतृत्वको सरकारले मधेसीको एकतालाई फोड्न नागरिकता विधेयकको नाटक रचे, एकतातिर विधेयक ल्याउने खेल गरे अर्कोतर्फ आफ्नै मान्छेलाई उचालेर मुद्दा हाल्न लगाए,अध्यक्ष यादवले भने, एमाले नागरिकता विधेयक पास गर्न नचाहेका कारण एमालेकै ईसारामा राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत गर्न मानेन । 


नेपालका शासकहरु आफ्नो शासन सत्ता टिकाउनकै लागि पनि नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गराउने षड्यन्त्र गरिरहेको उनको आरोप थियो ।  अध्यक्ष यादवले मधेश आन्दोलनको कारण मधेशी लगायतका उत्पीडित समुदायले माधेश प्रदेश सहितको स्वाभिमान र सम्मान पाएको बताए ।  मधेश आन्दोलनकै कारण मधेशी धोती भनेर हेप्ने प्रवृत्ति अन्त्य भएको उनले बताए । अध्यक्ष यादवले  मधेश सहितका विभिन्न पहिचानको आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि अझै संघर्ष  आबश्यक रहेको बताए ।

  यादवले आन्दोलनको बलमा प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनको आबश्यकताता औलाए । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आगामी संघ र प्रदेश निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरे । यादवले विकासमा पछाडी परेको सप्तरी जिल्लाले विकासको गति लिन शुरु गरेको बताए । सप्तरीमा रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, सडक संरचना जस्ता विकासका आधार तयार भएको बताउदै अध्यक्ष यादवले अवको १० बर्षमा सप्तरीको मुहान फेरिने दावी गरे। 


उनले देशविकास र सामाजिक न्यायका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।  जसपा महादेवा गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम प्रबक्ता मनिष कुमार सुमन, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका राजनीतिक समिति सदस्य शिव बहादुर बस्नेत, पुर्व साँसद सरिता यादव, केन्द्रिय सदस्य विकास कुमार तिवारी, मधेश प्रदेश सचिब युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, नवप्रबेशी दिपक कुमार यादव, राज नारायण साह, जगदीश मण्डल, आसिन मियाँ, मो. रहमद लगायतका मन्तव्य व्यक्त गरे । जसपा महादेवा गाउँपालिकाका सचिव दुर्गानन्द यादवद्वारा संचालित कार्यक्रममा स्वागत उप सचिब बलराम साहले गरे ।

प्रतिक्रिया