बिहिवार स्थानिय पविमाबि खेलमैैदानमा मिथिला वारियर्स र बलानबिहुल बिच भएकाे फाईनल खेलमा बलानबिहुललाई ५ बिकेटले पराजित गर्दै वारियर्सले उपाधी माथि कब्जा जमाएकाे हाे।
मधेश प्रदेश सरकारकाे आर्थिक सहयाेगमा संचालित प्रतियाेगिताकाे फाईनल खेलमा टस जितेर बलान बिहुलले १९ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ५३ रनकाे याेगफल खडा गरेका थिए।
जसमा राष्ट्रिय खेलाडी बिवेक यादबले ४ छक्का र २ चाैकाकाे मदतले सर्वाधिक ४५ रन, लाेकेश बमले ४१ रन, सुजन थपलियाले २८ रन, फिर्दाेष अन्सारी १५ रन बनाएका थिए।
बलिंग तर्फ मिथिला वारियर्सका वसन्त खत्री ३ बिकेट तथा शेर मल्ल र कुुशल भुर्तेलले २/२ बिकेट र नन्दन यादबले १ बिकेट हात पारेका थिए। जवाफमा १ सय ५४ रनकाे लक्ष्य पच्छाएका मिथिला वारियर्सले १८ ओभर ३ बलमा ५ बिकेट गुमाएर उपाधीमाथी कब्जा जमाएका हुन ।
जसमा राष्ट्रिय खेलाडी कुशल भुर्तेलले उत्कृष्ट ब्याटिंग गर्दै सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेकाे थियाे । यसैगरी अर्का ब्याटर रबि साह ४४ रन बसिर अहमद २५ रन बनाएका थिए।
त्यसैगरी बलिंग तर्फ बिवेक यादब र अरनिकाे यादबले २/२ बिकेट लिएका थिए। फाईनल प्लेयर अफ दि म्याच कुशल भुर्तेल घाेषित भएकाे छ।
प्रतियाेगिताकाे प्लेयर अफ दि सिरिज विशाल पटेल( जनकपुर सनराईज) बेस्ट ब्याटर आशिष शेख( जनकपुर सनराईज) बेस्ट बलर शेर मल्ल( मिथिला वारियर्स) भएकाे आयाेजक समितिका अध्यक्ष ईन्जिनियर संजिवनारायण यादबले जानकारी दिए।
उक्त अवसरमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिँह, मिथिला प्रिमियर लिगका अध्यक्ष ई संजिव नारायण यादब, नेपाल क्रिकेट सँघका केन्द्रीय सदस्य आयुष श्रेष्ठ लगायतले शिल्ड, कप, प्रमाणपत्र तथा बिजेतालाई ९ लाख १ हजार उपबिजेतालाई ४ लाख १ हजार पुरस्कारवाट सम्मान गरेकाे छ।