राजविराज ३० साउन । नागरिकता विधेयक फिर्ता गरेको विरुद्धमा सप्तरी सदरमुकाम राजविराजमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।
जसपाका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजि गर्दै पुतला दहन गरेको हो ।
राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जसपाका स्थानीय नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।
यस्तै लोसपाले समेत नागरिकता विधेक फिर्ताको विरोधमा प्रदर्शन गरेका छन् । पार्टी कार्यालयबाट निकालिएको विरोध जुलुश नगरको बिभिन्न भाग परिक्रमा पश्चात पुन पार्टी कार्यालय पुगेका थिए ।