राजविराज, २७ बैशाख । सप्तरीमा एक जना सुरक्षा गार्ड्को हत्या भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयालको हत्या भएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेका अनुसार फुयाललाई बुधबार राति खुकुरी प्रहार गरि हत्या भएको पाइएको छ ।
यस सम्बन्धमा अन्य अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।