२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सप्तरीकाे एक घरमा छपामारी गाँजा सहित कराेडाैंका सामान बरामद

राजबिराज , १९ फाल्गुन । सप्तरी सदरमुकाम राजविराज नगरपालिकास्थित एक घरबाट लागूऔषध गांजा सहित कराेडाैंकाे तस्करीका सामान बरामद भएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा नेपाल प्रहरीका एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका टाेली सहित छापामारी गर्दा करिब तिन सय किलो गाँजा सहितका  सामान बरामद गरिएको हो ।


राजविराज ९ मलेठ्स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरबाट सामन सहित एक ब्राह चक्कै ट्रक  र तिन वटा नम्बर राखिएको स्कारपियाे बरामद भएको प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिनुभयो ।

घरमा लगाइएको ताला प्रहरीले तोडेपछि ठूलो मात्रामा गाँजा बरामद भएको छ । साथै स्याउ, चिनी, सुर्तीसहितका ठूलो मात्रामा सामान बरामद भएको छ ।


उक्त सामानहरु राेशन यादवकाे हुन सक्ने प्रारम्भिक अनुमान प्रमुख अधिकारीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया