२०८३ साल ब‌ैशाख ५ गते शनिवार

मधेस प्रदेशका निवर्तमान शिक्षा मन्त्री द्वारा पुर्वाधार प्रमुखलाई हातपात

राजविराज, १८ चैत । सप्तरीको राजविराज स्थित रहेको पुर्वाधार विकास कार्यालय प्रमुख प्रविन प्रताप अधिकारीलाई मधेश प्रदेशका पुर्व शिक्षा मन्त्री महेश प्रसाद यादवले आफु माथि हातपात गर्दै दुर्यव्यावहार गरेको आरोप लगाएका छन् ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा राखेको योजनाको पत्र आफ्नो मान्छेलाई किन नदिएको भन्दै पुर्व मन्त्री यादव एक्कासी मेरो कार्य कक्षमा आई हातपात गर्दै दुर्यव्यावहार गरेको प्रमुख अधिकारीले बताए ।

राजविराज नगरपालिका १३ मा रहेका  सामुदायिक भवन र आर. सि.सि. ढलानको योजना सम्बन्धमा सोही वडाका सदस्य चन्द्रीका यादवले  आफुसंग कुरा गर्दा गर्दै पुर्व मन्त्री यादव कार्य कक्षमा आई हातपात गरेको उनले बताए । 

मधेश प्रदेश सरकारको रातो किताबमा रहेका योजनाहरुको पत्रहरु उपभोक्ता समिती मार्फत कार्य गर्न परिपत्र गरि रहेकोले केही साना  योजनालाई निमार्ण व्यावसायी मार्फत गर्न विसहरियाको योजना सम्पन्न गर्न लाग्दा पुर्व मन्त्री यादव आफु माथि हातपात गरेको थपे । 

अधिकारीका अनुसार यसरी कार्यालयमा नै एक जिम्मेवार व्याक्तिले हातपात गर्नुले जनताको काम काजमा समस्या हुने गरेकोले सुरक्षित वातावरण बनाई दिन सम्बन्धित निकायसंग माँग गरेका छन् । 

प्रमुखलाई हातपात तथा दुर्यव्यावहार गरेको  सम्बन्धमा पुर्व मन्त्री यादवले त्यस्तो नगरेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया