२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

सप्तरीकाे बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

राजबिराज, ७ भदौ । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको छ ।  
 त्यस क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ बेल्हीमा मंगलबार दिउँसो झडप भएको हो । तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीबिरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाई फायर गर्नुपरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार तस्करहरुले गरेको ढुँगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएका छन् ।
घट्नास्थलमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया