२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

प्रेस युनियनको केन्द्रिय सदस्यमा सप्तरीबाट दुई जना निर्वाचित

राजविराज, ९ साउन । नेपाल प्रेस युनियनको नवौं महाधिबेशनमा सप्तरीबाट दुई जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न नवौँ महाधिवेशनकाे  मतगणनाकाे नतिजाबाट उनीहरू निर्वाचित भएका हुन ।   

जसमध्ये मधेसी खुल्ला केन्द्रीय सदस्यमा मिथलेश यादवले ८५८ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी मधेसी महिला केन्द्रीय  सदस्यमा सुधा देव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।           यता नेपाल प्रेस युनियन सप्तरीका पुर्व अध्यक्ष ओमप्रकाश साह भने ६८ मतले पराजित भएका छन् । उनी मधेसीतर्फकाे सचिव पदका उम्मेदवार थिए । उक्त पदमा कान्तिपुर दैनिकका मधेस प्रदेश ब्युरो अजित तिवारी विजयी भएका हुन् ।

प्रतिक्रिया