२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरीलाई साक्षर घाेषणा गर्न स्थानीयतहहरुले गरे प्रतिबद्धता

राजबिराज, १५ पुस । सप्तरी जिल्लालाई साक्षर बनाउने उदेश्यले साक्षर स्थानीय तह जिल्ला घाेषण तयारी सम्बन्धि अन्तरक्रिया एंवम बालबालिका तथा समावेशी शिक्षा सञ्जाल सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आसमान नेपालकाे आरम्भ परियोजना अन्तर्गत बालबालिका समाबेशी तथा शिक्षा संजाल द्वारा बिहीबार राजबिराज स्थित आशिया पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सप्तरी जिल्लालाई साक्षर बनाउने अभियान तहत जिल्लाका १८ वटै स्थानीय तहका प्रमुख र शिक्षा संयाेजक सहभागी रहेको कार्यक्रममा एक वर्ष भित्र सप्तरीलाई साक्षर घाेषणा हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिबद्धता गर्नेहरुमा सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चाैधरी, शम्भुनाथ नपाका प्रमुख जितेन्द्र गुप्ता, कनचनरुप नपा प्रमुख ललन गुप्ता, अगनिसाईर कृष्णसवरण गापाका अध्यक्ष दिनानाथ चाैधरी ,तिलाठी काेईलाडी गाँउपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, रूपनी गाँउपालिकाका अध्यक्ष दिनेश कुमार  यादव, तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य कृष्ण कुमार मण्डल लगायतले प्रतिबद्धता व्यक्त गरेका थिए ।

मधेस प्रदेशका संसद महेश प्रसाद यादवकाे प्रमुख आतिथ्य र जिल्ला समन्वय समितिक सप्तरीका सभापति शिवनारायण साहकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन भएको हाे ।

शिक्षा तथा मानव स्राेत विकास केन्द्र, सानाे ठिमी भक्तपुरकाे आयोजना र शिक्षा विकास तथा समन्वय इकाई सप्तरीको समन्वय र  people in need, Uk aid, Girls education challenge, आसमान नेपाल लगायतका संघ संस्थाकाे सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

प्रतिक्रिया