राजबिराज, ०३ असाेज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित सखडामा जनहित नागरिक समाज छिन्नमस्ताको कार्यालय उद्घाटन गरेको छ ।
अवकाशप्राप्त कर्मचारी प्रयाग यादवको प्रमुख आतिथ्य तथा समजका अध्यक्ष बुचिलाल बडहिको अध्यक्षतामा बिहिवार छिन्नमस्ताकाे सखडामा सम्पन्न भएको हाे ।
कार्यरत कर्मचारी र अवकाशप्राप्त कर्मचारीहरुको द्वारा गठित जनहित नागरिक समाज छिन्नमस्ताको कार्यालय उद्घाटन कार्यक्रममा चुनचुन यादव, समाजका उपाध्यक्ष राजदेव यादब , जय प्रकाश यादव, बिरेन्द्र साह , सुभाश चन्द्र यादव सुरेन्द्र मन्डल , मो जिवरिल , भरत यादब, राजकुमार ठाकुर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष रामदेव यादव , कमलेस पन्डित , मो नुर मोहमद ,रुन्दि यादव शिब नन्दन पन्डित शिबानन्द मिश्र ,बिन्दु साह , देव नारायण झा ,महेश्वर मण्डल, शिव नारायण यादव, रघुनाथ साह, भगवान दास लगायत सातै वार्ड्कै कर्मचारीहरुको विषेश उपस्थित रहेको थियो भने कार्यक्रमकाे उदेश्यबारे समाजका सचिव महेश शर्माले प्रष्ट पारेका थिए ।